दुब्लो भएकोमा चिन्तित हुनुहुन्छ ? यसरी मोटाउन सकिन्छ « Khabarhub

दुब्लो भएकोमा चिन्तित हुनुहुन्छ ? यसरी मोटाउन सकिन्छ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसलाई धेरै मोटो भएका कारण दुब्लाउन मन लागेको हुन्छ भने कतिपयलाई धेरै दुब्लो भएका कारण मोटाउन मन लागेको हुन्छ ।

अझ कति मानिसको शरीर त जति खाए पनि नमोटाउने हुन्छ । मान्छले मोटाउनका लागि प्रयास गर्छन्, चिन्तित हुन्छन् । तर, मोटाउन सक्दैनन् ।

तर, केही खानेकुराले भने मान्छेलाई मोटाउन सहयोग गर्छ । आउनुस् यसबारेमा जानौंः

केरा

तपाईं निकै दुब्लो हुनुहुन्छ र मोटाउन चाहनुहुन्छ भने केरा खाने गर्नुस् । केरामा हुने पौष्टिक तत्वले तपाईंलाई फाइदा त गर्छ नै । योसँगै यसमा पाइने काब्र्स र क्यालोरीले तपाईंलाई मोटाउन सहयोग पुग्छ । अझ केरा र दही खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

आँप

आँप मान्छेले यसको स्वादका लागि खाने गर्छन् । यसमा पोषक तत्व भरिपूर्ण मात्रामा पाइन्छ । केरामा जस्तै आँपमा पनि क्यालोरी पाइन्छ । साथै आँपमा भिटामिन सी, बी, ए र ई पाइन्छ भने प्रोटिन, फ्याट, कार्ब्स र फाइबर पनि पाइन्छ ।

ड्राई फुड

ड्राइ फुड खाँदा स्वास्थ्यलाई राहत पुग्छ । यस्ता फुडमा शरीरलाई शक्ति दिने तत्व हुन्छ । अझ ड्राइ फुडमा बदाम, काजु, किसमिस मिसाउँदा झन् फाइदाजनक हुन्छ ।

एभोकार्डो

एभोकार्डोका बारेमा त तपाईंले सुन्नुभएकै होला । यसमा क्यालोरी र फ्याटको मात्रा बढी हुन्छ । साथै यसमा क्यालोरी, प्रोटिन, भिटामिन सी लगायतका तत्व पनि पाइन्छ । यसको नियमित सेवनले पनि मोटोपन बढाउन सहयोग पुग्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १२ : ५९ बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन