तुलसीका पातका अनेकौं फाइदा, दैनिक सेवन गरेर यी घातक रोगबाट जोगिनुस् « Khabarhub

तुलसीका पातका अनेकौं फाइदा, दैनिक सेवन गरेर यी घातक रोगबाट जोगिनुस्


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मअनुसार तुलसीलाई पूजा गर्ने चलन छ । विज्ञानले पनि तुलसीको पातमा औषधीय गुण हुने प्रमाणित गरिसकेको छ ।

हिन्दूहरूले घरघरमा तुलसीको मोठ बनाएर पूजा गर्ने चलन छ । अझ तुलसीलाई भगवान् श्रीकृष्णको प्रिय वनस्पति पनि मान्ने गरिन्छ । साथै यो वनस्पतीलाई पवित्र पनि मानिन्छ ।

वैज्ञानिकहरूले गरेका विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्न गरिने देखाएका छन् ।

यसले शरीरलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका निभाउने गर्छ । तुलसीका पातमा हुने एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणले रुघाखोकी र ज्वरोलाई कम गर्न सहयोग पुर्‍याउँछ ।

अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर पिउँदा ज्वरो मत्थर हुन्छ ।

वैज्ञानिकहरूका अनुसार तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्ने सम्भावना न्यून हुन्छ ।

यति मात्र नभएर तुलसीले मानिसमा तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री र्‍याडिकल क्षतिबाट बचाएर तनाव कम हुन पनि सहयोग गर्छ ।

तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या निको पार्छ भने अनुहारलाई पनि उज्यालो बनाउँछ । साथै तुलसीका पातले रगतमा हुने युरिक एसिड घटाएर मिर्गौलालाई पनि स्वस्थ राख्छ ।

यदि तपाईंलाई चुरोटको कुलत छ भने तुलसीका पात चपाउँदा हट्छ ।

तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुन्छ । जसले गर्दा प्यानक्रियाटिक बीटा सेल्सको काममा सुधार गर्छ । यसले इन्सुलिन सेन्सिटिभिटी बढाउनुका साथै ब्लड सुगर कम गरेर मधुमेह नियन्त्रण गर्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : ०२ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट