भारतमा ७ विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या « Khabarhub

भारतमा ७ विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् ।

भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु भागेपछि २५ वर्षका ती नेपाली शिक्षकले आफूलाई सो घटनाको दोषी भन्दै आत्महत्या गरेका हुन् ।

ती शिक्षकको सुसाइड नोटको आधारमा पुलिसले अनुसन्धान अगाडि बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

केही दिनअघि यो विद्यालयका ७ जना विद्यार्थीहरु आफ्नो घर नेपाल आउनका लागि विद्यालयबाट भागेका थिए । ती विद्यार्थीहरुले सामाजिक संजालमा एउटा भिडियो लाइभ गरेर आफूहरुले चाडपर्वको बेलामा घर जान भन्दै विदा माग्दा बरिष्ठ शिक्षकले कुटपिट गरेको आरोप लगाएका थिए ।

आत्महत्या गर्ने शिक्षकले विद्यार्थीहरुले यसरी शिक्षकमाथि आरोप लगाउने स्थिति आउनुमा आफू जिम्मेवार भएको सुसाइड नोटमा उल्लेख गरेको समाचारमा जनाइएको छ । यस विषयमा भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ ।

पुलिसले विद्यार्थीहरुले भिडियोमा गरेको दावीको पनि जाँच गरिरहेको छ । अक्टोबर २७ र २८ मा ७ जना नेपाली विद्यार्थीहरु बनबासासम्मको लागि ट्याक्सी लिएर स्कुलबाट भागेका थिए । तीमध्ये ४ जना आफ्नो घर जान सफल भए तर अरु ३ जनालाई भने बनबासा चेक प्वाइन्टमै रोकियो र फेरि स्कुलमै फिर्ता ल्याइयो ।

बनबासामा ती तीन जना विद्यार्थीलाई लिन गएका शिक्षकहरुमध्ये मृतक शिक्षक पनि एक थिए । शनिबार ती तीन जना भागेका विद्यार्थीहरुलाई लिएर स्कुलमा फर्केसँगै ती शिक्षकले आफूलाई एक कोठामा बन्द गरेर झुण्डिएको बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : ०७ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा