कस्तो बन्ला राजेश हमालले निर्देशन गर्ने फिल्म ? « Khabarhub

कस्तो बन्ला राजेश हमालले निर्देशन गर्ने फिल्म ?


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले फिल्ममा अभिनय नगरेको लामो समय भयो । पछिल्लो समय उनले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय गर्ने चर्चा थियो । तर, हमालले भने समय दिन नसकेको भन्दै यो फिल्म पनि रिजेक्ट गरे ।

कैयन् वर्षदेखि हमालले आफै फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । कतिपयले महानायक मान्ने यी अभिनेताले कस्तो फिल्म तयार पार्लान् भन्नेमा धेरैलाई जिज्ञासा छ ।

हमालले आफै निर्देशन गर्ने भनेपछि अझ धेरैमा चासो हुनु पनि सामान्य नै हो । हालै हमालले आफूले कोरोना भाइरस महामारीपछिको अवस्था सामान्य भएपछि फिल्म मेकिङमा जुट्ने बताएका थिए ।

अहिले कोरोना कहरका कारण कुनै फिल्म पनि निर्माण र रिजिल हुन सकेका छैनन् । तर, कतिपय कलाकार भने काममा फर्किसकेका छन् ।

सानो पर्दा र विज्ञापनमा व्यस्त हमालले फिल्म बनाउनेबारे औपचारिक जानकारी भने अझै दिएका छैनन् । तर, दर्शकलाई उनले बनाउने फिल्म कस्तो बन्ला भन्नेमा चासो बढेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : ५१ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु