दूध र दहीमा कुन खानु राम्रो ? यस्तो बेलामा खाँदै नखानुस् « Khabarhub

दूध र दहीमा कुन खानु राम्रो ? यस्तो बेलामा खाँदै नखानुस्


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा दूध र दही दैनिक जीवनमा धेरैले सेवन गर्छन् । दुवैको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ कमैलाई थाहा छ ।

दूधलाई जमाएर अमिलो बनाएर दही बनाइन्छ । यसमा भएका ब्याक्टेरियाका कारण पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइने वैज्ञानिकहरू बताउँछन् ।

दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न पनि सहयोग गर्छ ।

अर्को कुरा त दूध छिट्टो नपच्ने हुँदा यसले कब्जियत तथा ग्यास पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई सहयोग पुग्छ ।

डाक्टरहरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयमा दही पिउँदा पनि यसले फाइदा गर्छ ।

राति भने दही खानु स्वस्थकर मानिँदैन । अझ मासु खाएका बेला त बिर्सेर पनि दूध वा दही खानु हुँदैन । साथै बासी दही पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । मधुमेह, रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ४१ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु