दूध र दहीमा कुन खानु राम्रो ? यस्तो बेलामा खाँदै नखानुस् « Khabarhub

दूध र दहीमा कुन खानु राम्रो ? यस्तो बेलामा खाँदै नखानुस्


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा दूध र दही दैनिक जीवनमा धेरैले सेवन गर्छन् । दुवैको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ कमैलाई थाहा छ ।

दूधलाई जमाएर अमिलो बनाएर दही बनाइन्छ । यसमा भएका ब्याक्टेरियाका कारण पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइने वैज्ञानिकहरू बताउँछन् ।

दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न पनि सहयोग गर्छ ।

अर्को कुरा त दूध छिट्टो नपच्ने हुँदा यसले कब्जियत तथा ग्यास पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई सहयोग पुग्छ ।

डाक्टरहरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयमा दही पिउँदा पनि यसले फाइदा गर्छ ।

राति भने दही खानु स्वस्थकर मानिँदैन । अझ मासु खाएका बेला त बिर्सेर पनि दूध वा दही खानु हुँदैन । साथै बासी दही पनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । मधुमेह, रुघाखोकी, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ४१ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका