नेता भट्टराईको प्रश्न : नेकपाका नेताहरु ओलीसँगै सति जाने कि समाजवादी बाटो बनाउने ? « Khabarhub

नेता भट्टराईको प्रश्न : नेकपाका नेताहरु ओलीसँगै सति जाने कि समाजवादी बाटो बनाउने ?


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादलाई लिएर कडा टिप्पणी गरेका छन् ।

उनले  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको बताउँदै नेकपाका नेता कार्यकर्तालाई बेलैमा समाजवादी बाटो बनाउनेतर्फ लाग्न सचेत गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन्।

‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्। अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने?’

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ०६ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका