प्रदेश १ मा कोरोना : २५९ संक्रमित थपिए, चारको मृत्यु « Khabarhub

प्रदेश १ मा कोरोना : २५९ संक्रमित थपिए, चारको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी आज थप चार जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर–६ वस्ने ८३ वर्षिय र मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय पुरुषको सङक्रमणबाट आज मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

मृतकमध्ये ८३ वर्षीय पुरुष यही कात्तिक १४ सङकमित भइ आएको र ५४ वर्षीष् पुरुषको सोही दिन पोजेटिभ देखिएको थियो । मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा सङक्रमण देखिएको थियो ।

यसैगरी सङ्क्रमणका कारण विराटनगर–१२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ देखिएका कात्तिक १५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । होम आइसोलेसनमा रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा आज मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमित मध्ये ९९ महिला र १६० पुरुष छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ०३ बजे

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई