नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक « Khabarhub

नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक



दोहा- नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक देखिएको छ ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँगको भेटमा त्यहाँका पर्यटनमन्त्री असफ ज़मिरले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न इजरायल सकारात्मक रहेको धारणा राखेका हुन् ।

इजरायलस्थित नेपाली दूतावासमा भएको भेटमा राजदूत शाक्यले ईजरायलको हस्पिटालिटी क्षेत्रमा नेपाली विद्यार्थी तथा श्रमिकहरु ल्याउन मन्त्रीसमक्ष प्रस्ताव समेत राखेको दूतावासले जनाएको छ ।

भेटमा राजदूत शाक्यले नेपाल-ईजरायलबीच सीधा हवाई सेवा शुरु गर्ने विषयमा समेत पहलकदमी लिइदिन मन्त्रीलाई आग्रह गरेको दूतावासले जनाएको छ ।

मन्त्री ज़मिरले यस विषयमा सक्दो सहयोग गर्ने जनाएको राजदूत शाक्यले बताइन् ।

भेटमा नेपालका लागि नवनियुक्त ईजरायली राजदूत हनन् गोडेर गोल्डबेर्गेर र इजरायलको बीरशेबा शहरका लागि नेपालका अवैतनिक वाणिज्यदूत इलान निर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ११ : ११ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले