अजंगको बन्दा फलेपछि... | Khabarhub Khabarhub

अजंगको बन्दा फलेपछि…


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले खेतबारीमा फल्ने तरकारी बन्दा २ किलोदेखि ५ किलोसम्मको मात्र देखेका छौँ होला । तर बेलायतमा भने एउटै बन्दा नै ३० किलोग्रामको फलेको छ ।

त्यहाँका एक ७५ वर्षीय किसानले रोपेको बन्दा हेर्दा सानोतिनो पहाडजत्रै देखिन्छ । यति ठूलो बन्दा फेलेपछि अहिले उक्त बन्दा धेरैका लागि रमिता बनेको छ ।

यस्तो बन्दा फलाउने किसानको नाम नीम इयान रहेको छ । नर्थ योर्क शायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले यस्तो अचम्मको बन्दा प्रदर्शनीमा राखिएको थियो । ती वृद्ध किसान सोही बन्दाका कारण पुरस्कृतसमेत भएका छन् ।

ती वृद्धले रोपेको बन्दा यो नै पहिलोपटक ठूलो फलेको भने होइन । उनले यसअगाडि रोपेका बन्दाहरु पटक–पटक स्वभाविक तौलभन्दा निकै ठूला फलिसकेका छन् ।

उनको दाबी छ, ‘उनले पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक रूपमा फलेको हो ।’

एउटै बन्दाको तौल ३० किलोको भए पनि यो नै विश्वकै सबैभन्दा ठूलो बन्दा भने होइन । विश्वकै सबैभन्दा ठूलो बन्दा फलाउने रेकर्ड अमेरिकाका स्कट रबको नाममा छ । उनले यस अगाडि ६२ किलोको एउटै बन्दा फलाउएर विश्व रेकर्ड बनाएका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : १५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत