चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण « Khabarhub

चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।

चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।

चिनियाँ अन्तरिक्ष प्रशासनले चाङ्गे यानले चन्द्रमामा ढुंगाहरुका नमूना संकलन गरेको जनाएको छ । यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ ।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्वाकाँक्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो ।

चीनले हाल मंगलग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ । चीनले चाँडै मानवरहित यान चन्द्रमामा उतार्ने योजना बनाएको छ ।

यसपटक चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्नेछ ।

यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमूना प्राप्त हुनेछ । यी नमूनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ ।

यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरुले चिनियाँ सफलताका लागि बधाई दिएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) का वैज्ञानिक अभियान प्रमुख टमस जर्बुचेनले ट्वीटरमा चाङ्गे ५ अभियानको सफलताका लागि चीनलाई बधाइ दिएका छन् । उनले लेखेका छन्, “यो त्यति सजिलो काम होइन ।”

पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो ।

संयुक्तराज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुंगा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए । ती ढुंगाको अध्ययन र विश्लेषण आजपर्यन्त जारी छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १२ : ३७ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका