श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु | Khabarhub Khabarhub

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

इलाम– श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।

उनकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका पुरुषको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिर्पोट पोजेटिभ आएको थियो ।

उपचाररत मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठेरो महसुस गरेको श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

उपचाररत पुरुषको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो गत १५ गते पुनः गरिएको स्बाव परीक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १ : ३९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’