अध्यक्ष ओलीविनै नेकपा सचिवालय बैठक सुरु « Khabarhub

अध्यक्ष ओलीविनै नेकपा सचिवालय बैठक सुरु


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै सुरु भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका लागि सरेको थियो।

सचिवालय बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका ७ नेता २ बजे नै बालुवाटार पुगेका थिए। सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने केही ढिला गरी बालुवाटार पुगेका थिए।

दिउँसो साढे दुई बजेसम्म कुर्दा पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक सुरु भएको हो।

आजको बैठकमा सदस्यहरुले दुबै प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने एक सचिवालय सदस्यले बताए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएका थिए।

त्यसको १५ दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै ३८ पृष्ठको प्रतिवेदन ल्याएका थिए। अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्नका लागि सचिवालय बैठक बसेको ती नेताले जनाकारी दिए।

नेकपाले बिहीबार (भोलि) स्थायी समिति र मंसिर २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ।

यसैबीच आजको सचिवालयको बैठक अघि प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन्। अध्यष ओली हिजोको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव फिर्ता गरी माफी माग्नु पर्ने र प्रतिवेदन खारेज गर्नुपर्ने अडानमा थिए।

बैठकमा बोल्ने धेरैजसो सदस्यले दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताएका थिए

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ५१ बजे

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा