अध्यक्ष ओलीविनै नेकपा सचिवालय बैठक सुरु | Khabarhub Khabarhub

अध्यक्ष ओलीविनै नेकपा सचिवालय बैठक सुरु


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै सुरु भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका लागि सरेको थियो।

सचिवालय बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका ७ नेता २ बजे नै बालुवाटार पुगेका थिए। सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने केही ढिला गरी बालुवाटार पुगेका थिए।

दिउँसो साढे दुई बजेसम्म कुर्दा पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक सुरु भएको हो।

आजको बैठकमा सदस्यहरुले दुबै प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने एक सचिवालय सदस्यले बताए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएका थिए।

त्यसको १५ दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै ३८ पृष्ठको प्रतिवेदन ल्याएका थिए। अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्नका लागि सचिवालय बैठक बसेको ती नेताले जनाकारी दिए।

नेकपाले बिहीबार (भोलि) स्थायी समिति र मंसिर २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ।

यसैबीच आजको सचिवालयको बैठक अघि प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन्। अध्यष ओली हिजोको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव फिर्ता गरी माफी माग्नु पर्ने र प्रतिवेदन खारेज गर्नुपर्ने अडानमा थिए।

बैठकमा बोल्ने धेरैजसो सदस्यले दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताएका थिए

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ५१ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले