काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशर ४२९ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ६४ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ रहेको छ भने ३४ जना भेन्टिलेटरमा छन् ।
यसैगरी लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यसैगरी सुदुरपश्चिममा ७ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९४ आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ९ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया