‘विद्युतीय अपराध’बारे सचेत हुन साइबर ब्युरोको अनुरोध « Khabarhub

‘विद्युतीय अपराध’बारे सचेत हुन साइबर ब्युरोको अनुरोध


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोले कानूनविपरीत हुने अश्लिल भिडियोलगायतका सामग्री बनाउने, प्रसारण गर्ने गरेका घटना बढ्न थालेको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ ।

इन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी समाजिक सञ्जालमा अशोभनीय, अमार्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लिल तस्बिर, श्रव्यदृष्य प्रशारण गरी विद्युतीय कारोवार ऐन, २०६३ विपरीत हुने कार्य देखिएको भन्दै ब्युरोले सूचना जारी गरी सावधानी अपनाउन अनुरोध गरेको छ । ब्युरोले हाल प्राप्त सूचना, उजुरीमाथि कतिपय घटनामा कारवाहीसमेत गरिएको र कतिपय अनुसन्धानका क्रममा रहेको जनाएको छ ।

अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा सही निकाय र माध्यमको छनोट नगरी पुनःतिनै भिडियो एवं सामग्रीलाई प्रदर्शन गर्दा पीडितलाई झन पीडा थपिने र गोपनीयता संरक्षणका कानूनी प्रावधानविपरीत हुने भन्दै ब्युरोले त्यस्ता गतिविधि नगर्न पनि सचेत गराएको छ ।

त्यस्ता कार्य भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा सम्पर्क गरी जानकारी दिनसमेत भनिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  १० : २८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।