विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा « Khabarhub

विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई तीन सयवटा विद्युतीय बसका लागि तीन अर्ब रुपियाँको सेयर खरिद गरेको छ महिना बितिसक्दा पनि विद्युतीय बस खरिद प्रक्रिया अझै अन्योलमा परेको छ ।

विद्युतीय बस खरिदका लागि सरकारले दिएको ‘स्पेसिफिकेसन’ र साझा यातायातले बस खरिदका लागि गरेको तयारीमा भिन्नता आएको भन्दै मन्त्रालयले प्रक्रिया रोक्न पत्र काटेपछि खरिद प्रक्रिया अन्योलमा परेको हो ।

मन्त्रिपरिषद्को २०७६ असार २९ गतेको बैठकले विद्युतीय बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपियाँ नेपाल सरकारको सेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरेको थियो ।

चालू आर्थिक वर्षको बजेटमा नै विद्युतीय बस सञ्चालन गर्न रकम विनियोजन गरिए पनि खरिद प्रक्रियामा अन्योल देखिएको हो । सन् २०२० सम्म २० प्रतिशत विद्युतीय सवारी साधन पुर्‍याउने लक्ष्य पनि पूरा हुने अवस्थामा छैन ।

खरिद प्रक्रियामा देखिएको अन्योलका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई उपलब्ध गराएको तीन अर्ब रुपियाँ महिनौँदेखि बैङ्क खातामा थन्किएको छ । मन्त्रालयले असारमा नै साझा यातायातलाई सो रकम उपलब्ध गराएको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयमै साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितलाई सो रकम उपलब्ध गराएका थिए । त्यसबेला असोजभित्र विद्युतीय बस सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

चालू आर्थिक वर्षको सुरुमा नै मन्त्रालयले बस खरिद गर्न रकम उपलब्ध गराए पनि साझाले चार महिनासम्म मन्त्रालयको ‘स्पेसिफिकेसन’ अनुसारको खरिद प्रक्रिया अगाडि बढाउन सकेन ।

सोही कारण देखाउँदै तत्काल खरिद प्रक्रिया रोकी यथास्थितिमा राख्न मन्त्रालयले साझा यातायातलाई गत असोज १ गते नै पत्र पठाएको थियो । यसरी खरिद गर्नुपर्ने बसको ‘स्पेसिफिकेसन’ बारे मन्त्रालय र साझा यातायातबीच कुरा नमिल्दा तीन सय बस खरिद प्रक्रिया नै अन्योलमा पर्दै गएको हो ।

विद्युतीय बस सञ्चालनबारे के भइरहेको छ भन्ने जिज्ञासामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कुन प्रक्रियाबाट कस्तो विद्युतीय बस खरिद गर्नेबारे मन्त्रालय स्तरीय छलफल भइरहेको जानकारी दिए ।

साझा यातायात सञ्चालक समितिका अध्यक्ष दीक्षितले विद्युतीय बस खरिद गर्न साझाले खरिद प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा खरिद प्रक्रियालाई तत्काल रोकी यथास्थितिमा राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आएको निर्देशनात्मक पत्रका कारण बस खरिद प्रक्रिया तत्काल रोकिएको बताए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ३० बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र