सन्तानलाई पुड्को हुनबाट जोगाउन गर्नुस् यी ९ काम « Khabarhub

सन्तानलाई पुड्को हुनबाट जोगाउन गर्नुस् यी ९ काम


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पुड्कोपनको सस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढीरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

अधिकाशं हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्गफुडको प्रयोग गर्दै आइरहेका छौ । यसरी कोशेलीका रुपमा लगिएको जङ्गफुड खानका बानि लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् ।

त्यसैले आजकाल धेरै बच्चाहरु बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरु पुड्कोपन हुनसक्छन् ।

विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार औसत बच्चाहरु जन्मदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाई २५ सेन्टिमिरसम्म बढ्नु पर्छ । २ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ बर्ष हरेक बर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । अन्यथा उमेर अनुसारको उचाइ नबढे पुड्कोपन हुनसक्छ ।

पुड्कोपन हुनुको प्रमुख कारण भनेको जङ्कफुड खानमा धेरै चासो दिनु हो । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अविभावकको हुन्छ । अभिभावक बाहेक विद्यालय पनि यसको जिम्मेवार हो । अझ कतिपय स्थानमा विपद्का बेला सहयोग भन्दै बाडिने राहत सामाग्रीमा पनि जङ्कफुड बढि मात्रा हुने गरेको छ ।

पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय

१. आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी गर्भवती अवस्थादेखि नै नियमित गर्भजाँच गराउनुपर्छ ।
२. चिकित्सकको परामर्श अनुसार गर्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।
३. गर्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।
४. गर्भवस्थामा आमालाई तनाव हुने कुनै काम नगर्ने ।
५. गर्भवती महिलासंग झगडा गर्ने, कुटपिट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।
६. शिशु जन्मीएपछि लगाइने सबै खोपहरु खोप तालिका अनुसारको समयमा लगाउने ।
७. शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्ने । कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।
८. बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य ख्वाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रसस्त पानी ख्वाउने ।
९. कम्तीमा साताको २ पटक दूधदहि, माछामासुको खाने । खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खाने बानि बसाल्ने ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : १२ बजे

गौरादहमा बालेनको घरदैलो : समस्या सुन्दै, आशीर्वाद थाप्दै

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापामा घरदैलो

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का