सरकारले माग्यो २ सय ३२ जना जासूस, एसएलसी पास गरेकाले पनि भर्न पाउने (विज्ञापनसहित) « Khabarhub

सरकारले माग्यो २ सय ३२ जना जासूस, एसएलसी पास गरेकाले पनि भर्न पाउने (विज्ञापनसहित)


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको गुप्तर निकाय राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचक(जासूस)का लागि दरखास्त आह्वान गरेको छ ।

यस सम्बन्धी विज्ञापन शुक्रवारको गोरखापत्रमा प्रकाशन गरिएको छ । सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा जनाइएको छ ।

विज्ञापनमा जनाइए अनुसार विभागमा रिक्त रहेको सहायक सूचक( राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समाबेशीबाट आदिवासी जनजाति, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रबाट समेत गरी १०४ जना नियुक्त गरिने जनाइएको छ ।

विज्ञापनमा जनाइए अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सी. वा एस.ई.ई.उत्तीर्ण वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा जीपीए २ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ ।

विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए सम्बन्धित निकायबाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।

आवेदन दिनका लागि उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : ३३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका