प्रधानन्यायाधीश राणाको १ वर्षे प्रगति, अन्तरिम आदेशले नै समय खायो ! | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाको १ वर्षे प्रगति, अन्तरिम आदेशले नै समय खायो !


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूले पद्भार सम्हालेको १ वर्षको पुगेको अवसरमा अदालतमा गरिएका काम र सुधारका प्रयासको विवरण सार्वजनिक गरेका छन् ।

१८ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका राणाले यस अवधिमा मुद्दा व्यवस्थापन तथा न्याय सम्पादन प्रक्रियामा उल्लेख्य सुधार आएको बताएका छन् ।

यस्तै, न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) निर्माण गरी कार्यान्वयनमा ल्याइएको विषयलाई पनि प्रधानन्यायाधीश राणाले आफूले थालेको सुधारका कामको सूचीमा राखेका छन् ।

आफूले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेयता आर्थिक वर्ष २०७५/०७६ मा मुद्दा फर्छ्योटको दर ४६ प्रतिशतले बढेको बताएका छन् । जिल्ला, उच्च, विशेष र सर्वोच्च गरी सबै तहका अदालतमा मुद्दा किनारा लगाउने दर बढ्दै गएको राणाको भनाइ छ ।

तर, सर्वोच्च अदालतमा भने मुद्दा फर्छ्यौटको दर अघिल्लो आर्थिक वर्षको तुलनामा केही न्यून रहेको राणाको स्वीकारोक्ति छ । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको कार्यवोझमा निरन्तर बृद्धि भइरहेको उल्लेख गर्दै अधिकांश रिटहरु अन्तरिम आदेशको माग भइ आउने र त्यसका लागि हुने छलफलले इजलाशको धेरै समय खर्च भएको बताएका छन् ।

यस्तै, बन्दीप्रत्यक्षीकरणका निवेदनहरुको अनुपात पनि बढ्दै गएको राणाको भनाइ छ । बन्दीप्रत्यक्षीकरणका निवेदनहरुमा उही विषय दोहोरिएर आउने समस्या रहेको समेत राणाले उल्लेख गरे ।

‘विषयहरु महत्वपूर्ण हुँदा हुँदै पनि सर्वोच्च अदालतमा समय व्यवस्थापनको चाप पर्न गएको यथार्थता हामीसँग छ । यसका वावजुद केही उपलब्धीहरु हासिल भएका छन्,’ प्रधानन्यायाधीशले आफ्नो १ वर्षे कार्यकालको समीक्षा गर्दै भनेका छन्, ‘पद्धति निर्माण र व्यवस्थापकीय सुधारका लागि आधारहरु तयार भएका छन् ।’

न्याय सम्पादनका लागि आफूले १ वर्षमा गरेका काम र उपलब्धीहरुबारे चर्चा गर्दै प्रधानन्यायाधीश राणाले ५ वर्ष नाघेका १ हजार ३ सय २ थान मुद्दालाई किनारा लगाइएको बताएका छन् । सर्वोच्चमा अझै पनि ५ वर्ष नाघेका मुद्दाको संख्या १ हजार ८ सय ८६ थान छ ।

गत वर्षको माघ सम्ममा सर्वोच्च अदालतमा १ हजार ७ सय थान थुनुवा मुद्दा रहेकोमा २०७६ पौससम्म ६ सय ८० थान मुद्दा फर्छ्योट गरिएको राणाले उल्लेख गरेका छन् ।

यस्तै, संवैधानिक इजलाशको नियमितता, उच्च अदालत तुलसीपुर र विराटनगरमा वाणिज्य इजलाशको संख्या थप गरी २ वटा बनाइनु, मुद्दा विकासको पद्धति विकास गरिनु, अतिरिक्त समयमा मुद्दाको कारबाही र सुनुवाइ गर्ने तयारी गरिनु, बार–बेञ्ज समन्वय समितिको गठन, मुद्दामा भिडियो कन्फरेन्समार्फत बहसको तयारी, मुद्दाका मिसिलको सुरक्षाका लागि विद्युतीय अभिलेख राख्ने तयारीलाई पनि रााणले आफ्नो प्रमुख उपलब्धिका रुपमा उल्लेख गरेका छन् ।

यस्तो छ प्रधान्यायाधीश राणाद्वारा प्रस्तुत आफ्नो १ वर्षे कार्यकालको समीक्षा र प्रगति विवरण;

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ५ : ०९ बजे

आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा