प्रधानन्यायाधीश राणाको १ वर्षे प्रगति, अन्तरिम आदेशले नै समय खायो ! « Khabarhub

प्रधानन्यायाधीश राणाको १ वर्षे प्रगति, अन्तरिम आदेशले नै समय खायो !


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूले पद्भार सम्हालेको १ वर्षको पुगेको अवसरमा अदालतमा गरिएका काम र सुधारका प्रयासको विवरण सार्वजनिक गरेका छन् ।

१८ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका राणाले यस अवधिमा मुद्दा व्यवस्थापन तथा न्याय सम्पादन प्रक्रियामा उल्लेख्य सुधार आएको बताएका छन् ।

यस्तै, न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) निर्माण गरी कार्यान्वयनमा ल्याइएको विषयलाई पनि प्रधानन्यायाधीश राणाले आफूले थालेको सुधारका कामको सूचीमा राखेका छन् ।

आफूले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेयता आर्थिक वर्ष २०७५/०७६ मा मुद्दा फर्छ्योटको दर ४६ प्रतिशतले बढेको बताएका छन् । जिल्ला, उच्च, विशेष र सर्वोच्च गरी सबै तहका अदालतमा मुद्दा किनारा लगाउने दर बढ्दै गएको राणाको भनाइ छ ।

तर, सर्वोच्च अदालतमा भने मुद्दा फर्छ्यौटको दर अघिल्लो आर्थिक वर्षको तुलनामा केही न्यून रहेको राणाको स्वीकारोक्ति छ । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको कार्यवोझमा निरन्तर बृद्धि भइरहेको उल्लेख गर्दै अधिकांश रिटहरु अन्तरिम आदेशको माग भइ आउने र त्यसका लागि हुने छलफलले इजलाशको धेरै समय खर्च भएको बताएका छन् ।

यस्तै, बन्दीप्रत्यक्षीकरणका निवेदनहरुको अनुपात पनि बढ्दै गएको राणाको भनाइ छ । बन्दीप्रत्यक्षीकरणका निवेदनहरुमा उही विषय दोहोरिएर आउने समस्या रहेको समेत राणाले उल्लेख गरे ।

‘विषयहरु महत्वपूर्ण हुँदा हुँदै पनि सर्वोच्च अदालतमा समय व्यवस्थापनको चाप पर्न गएको यथार्थता हामीसँग छ । यसका वावजुद केही उपलब्धीहरु हासिल भएका छन्,’ प्रधानन्यायाधीशले आफ्नो १ वर्षे कार्यकालको समीक्षा गर्दै भनेका छन्, ‘पद्धति निर्माण र व्यवस्थापकीय सुधारका लागि आधारहरु तयार भएका छन् ।’

न्याय सम्पादनका लागि आफूले १ वर्षमा गरेका काम र उपलब्धीहरुबारे चर्चा गर्दै प्रधानन्यायाधीश राणाले ५ वर्ष नाघेका १ हजार ३ सय २ थान मुद्दालाई किनारा लगाइएको बताएका छन् । सर्वोच्चमा अझै पनि ५ वर्ष नाघेका मुद्दाको संख्या १ हजार ८ सय ८६ थान छ ।

गत वर्षको माघ सम्ममा सर्वोच्च अदालतमा १ हजार ७ सय थान थुनुवा मुद्दा रहेकोमा २०७६ पौससम्म ६ सय ८० थान मुद्दा फर्छ्योट गरिएको राणाले उल्लेख गरेका छन् ।

यस्तै, संवैधानिक इजलाशको नियमितता, उच्च अदालत तुलसीपुर र विराटनगरमा वाणिज्य इजलाशको संख्या थप गरी २ वटा बनाइनु, मुद्दा विकासको पद्धति विकास गरिनु, अतिरिक्त समयमा मुद्दाको कारबाही र सुनुवाइ गर्ने तयारी गरिनु, बार–बेञ्ज समन्वय समितिको गठन, मुद्दामा भिडियो कन्फरेन्समार्फत बहसको तयारी, मुद्दाका मिसिलको सुरक्षाका लागि विद्युतीय अभिलेख राख्ने तयारीलाई पनि रााणले आफ्नो प्रमुख उपलब्धिका रुपमा उल्लेख गरेका छन् ।

यस्तो छ प्रधान्यायाधीश राणाद्वारा प्रस्तुत आफ्नो १ वर्षे कार्यकालको समीक्षा र प्रगति विवरण;

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ५ : ०९ बजे

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।