मिर्गौलाको डायलाइसिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली « Khabarhub

मिर्गौलाको डायलाइसिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज ( शुक्रबार) डायलाइसिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको अहिले डायलाइसिस प्रक्रिया चलिरहेको उनकी निजी चिकित्सक डा दिव्य सिंह साहले जाकारी दिइन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको कात्तिकदेखि मिर्गौलामा फेरि खराबी देखिएको थियो । उनको सातामा एकपटक नियमित रुपमा डायलाइसिस गरिँदै आएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे कुरा चले पनि प्रत्यारोपणको विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा साहले बताइन् ।

‘अहिले डायलाइसिस भइरहेको छ, गत शुक्रबार पनि गरिएको थियो, सातामा एकपटक नियमित डायलाइसिस भइरेको छ,’ डा साहले खबरहबसँग भनिन्, ‘अहिले प्रत्यारोपणबारे कुनै निर्णय भइसकेको छैन ।’

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ५ : २१ बजे

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।