आर्थिक वर्षको पहिलो चाैमासिकमा ४५ पुल निर्माण सम्पन्न | Khabarhub Khabarhub

आर्थिक वर्षको पहिलो चाैमासिकमा ४५ पुल निर्माण सम्पन्न


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच सडक पुल निर्माण गर्ने योजना बनाइएकोमा ४५ वटाको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।

चालु आवमा तीन सय पुल निर्माण गर्ने योजना रहेकामा अघिल्लो वर्षबाटै निर्माण शुरु भएका पुलहरु सम्पन्न भएको हो । पुल निर्माणमा बहुवर्षीय ठेक्का भएकाले पहिलो चौमासिकमा नै सम्पन्न भएको सडक विभाग, पुल महाशाखाका प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले बताए ।

चालु आवमा निर्माणाधीनमध्ये बाँकी पुल सम्पन्न गरी तीन सय सम्पन्न गर्ने लक्ष्य लिइएको हो । अहिले अघिल्ला वर्षको एक हजार ४६७ पुल निर्माणाधीन छन् भने त्यसमा २१२ पुलको योजना यस वर्ष थपिएको छ । उनले भने, “अघिल्ला वर्ष निर्माण शुरु भएका पुल सम्पन्न गर्ने योजना छ ।”

पुल निर्माण एकै वर्षमा सम्पन्न नहुने हुँदा दुई–तीन वर्षदेखि चार वर्षको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । कतिपय योजना विभिन्न कारणले सम्पन्न नहुने हुँदा त्यसमा अवधि थप हुन्छ ।

प्रशासनिक कारणले वा बर्सातलगायत कारणले निर्माण व्यवसायीले चाहेर पनि काम गर्न नसक्दा अवधि थप हुने गरेकोे उपमहानिर्देशक भट्टराईले बताए ।

निर्माणाधीन पुलमध्ये कतिपय रणनीतिक त कतिपय स्थानीय सडकमा निर्माण भइरहेको छ । विभागमा निर्माणाधीन पुलको चाप उच्च भएको भन्दै दुई वर्षसम्म नयाँ पुल निर्माणको योजना बनाएको थिएन । चालु आवमा भने स्थानीय सडकमा २१२ सडक पुलको योजना बनेको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ३० बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र