अरु फिल्ममा ‘साङ्लो’ को भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो: निकिता चण्डक « Khabarhub

अरु फिल्ममा ‘साङ्लो’ को भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो: निकिता चण्डक


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चण्डकले फिल्म ‘साङ्लो’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको जोडी एक्सन स्टार विराज भट्टसँग हुनेछ ।

शुक्रवार (आज) उक्त फिल्मको ट्रेलर रिलिज कार्यक्रम थियो । कार्यक्रममा प्रायः सबै कलाकार उपस्थित थिए । निकिता पनि उपस्थित थिइन् ।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निकिताले आफू यो फिल्मबाट आशावादी भएको प्रतिक्रिया दिइन् । ‘विराज (भट्ट) दाइको गाइडेन्समा धेरै कुरा सिक्ने मौका पाएँ, उहाँले धेरै कुरा सिकाउनुभएको छ,’ निकिताले भनिन् ।

उनले एकदमै राम्रो टिम पाएको र यो फिल्म आफ्नो उत्कृष्ट डेब्यु फिल्म हुनेमा पनि विश्वास दिलाइन् । भनिन्, ‘अरु फिल्ममा यो फिल्मको भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो, काम गर्दा सिकेको सीप अब अर्को प्रोजेक्टमा परिष्कृत गर्छु ।’

त्यसो त निकिताले यसअघि नै अर्को फिल्म ‘रानीमहल’ साइन गरेकी थिइन् । उक्त फिल्मको शूटिङ हुँदाहुँदै निर्माताले घाटा भएको भन्दै थप लगानी नगरेपछि फिल्म रोकिएको थियो । सो फिल्म पूर्ण भएको थिएन ।

निकिताले ‘साङ्लो’ लाई नै डेब्यु फिल्म भन्दै आइरहेकी छिन् । फिल्म ‘रानीमहल’ रिलिज नै नहुने भएपछि यो फिल्म डेब्यु हुने नै भयो ।

फिल्मबाट निकिताले राम्रो प्रतिक्रिया पाइरहेकी छिन् । ट्रेलर र यसअघि रिलिज भएको गीत ‘चरीले काफल टिप्यो’ गीतमा गरेको कामबाट उनले राम्रो प्रतिक्रिया पाएकी छिन् ।

माघ २४ गतेदेखि प्रदर्शनमा आउने ‘साङ्लो’ बाट आफू निकै आशावादी भएको निकिता बताउँछिन् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : ०० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले