अरु फिल्ममा ‘साङ्लो’ को भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो: निकिता चण्डक « Khabarhub

अरु फिल्ममा ‘साङ्लो’ को भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो: निकिता चण्डक


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल निकिता चण्डकले फिल्म ‘साङ्लो’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको जोडी एक्सन स्टार विराज भट्टसँग हुनेछ ।

शुक्रवार (आज) उक्त फिल्मको ट्रेलर रिलिज कार्यक्रम थियो । कार्यक्रममा प्रायः सबै कलाकार उपस्थित थिए । निकिता पनि उपस्थित थिइन् ।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निकिताले आफू यो फिल्मबाट आशावादी भएको प्रतिक्रिया दिइन् । ‘विराज (भट्ट) दाइको गाइडेन्समा धेरै कुरा सिक्ने मौका पाएँ, उहाँले धेरै कुरा सिकाउनुभएको छ,’ निकिताले भनिन् ।

उनले एकदमै राम्रो टिम पाएको र यो फिल्म आफ्नो उत्कृष्ट डेब्यु फिल्म हुनेमा पनि विश्वास दिलाइन् । भनिन्, ‘अरु फिल्ममा यो फिल्मको भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो, काम गर्दा सिकेको सीप अब अर्को प्रोजेक्टमा परिष्कृत गर्छु ।’

त्यसो त निकिताले यसअघि नै अर्को फिल्म ‘रानीमहल’ साइन गरेकी थिइन् । उक्त फिल्मको शूटिङ हुँदाहुँदै निर्माताले घाटा भएको भन्दै थप लगानी नगरेपछि फिल्म रोकिएको थियो । सो फिल्म पूर्ण भएको थिएन ।

निकिताले ‘साङ्लो’ लाई नै डेब्यु फिल्म भन्दै आइरहेकी छिन् । फिल्म ‘रानीमहल’ रिलिज नै नहुने भएपछि यो फिल्म डेब्यु हुने नै भयो ।

फिल्मबाट निकिताले राम्रो प्रतिक्रिया पाइरहेकी छिन् । ट्रेलर र यसअघि रिलिज भएको गीत ‘चरीले काफल टिप्यो’ गीतमा गरेको कामबाट उनले राम्रो प्रतिक्रिया पाएकी छिन् ।

माघ २४ गतेदेखि प्रदर्शनमा आउने ‘साङ्लो’ बाट आफू निकै आशावादी भएको निकिता बताउँछिन् ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ९ : ०० बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस