चीनमा रहेका नेपालीहरुको उद्धारमा थप गृहकार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित) « Khabarhub

चीनमा रहेका नेपालीहरुको उद्धारमा थप गृहकार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित)


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिनका लागि थप गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै चीनमा रहेका नेपाली विद्यार्थी र उनीहरुका अभिभावकहरुको चिन्ता र चासोलाई सम्बोधन गर्न सरकार क्रियाशील रहेको जनाएका छन् । मन्त्रालयले चीनमा रहेका नेपाली नेपाली विद्यार्थीहरुको उद्धार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धिति नयकायहरुलाई थप गृहकार्य गर्न निर्देशनि दिएको हो ।

बेइजिङस्थित नेपाली दूतावसोले उहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित तवरले नेपाल ल्याउनका लागि फारम भर्ने कार्य जारी राखेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने, त्यहाँबाट नेपाल आउने यात्रुको भित्रवनु अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा राखी उपचार गरिने जनाएको छ ।

अन्य यात्रुलाई पनि दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टइन)मा राख्नुपर्ने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनका प्रावधान पालना गरिने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हालसम्म चीनमा फारम भर्ने नेपाली नागरिकको सूची

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ५८ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको