आज आंशिक बदलीको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ? « Khabarhub

आज आंशिक बदलीको सम्भावना, कहाँ कस्तो रहनेछ तीन दिनको मौसम ?


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखीनीय रुपमा मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २० गते (सोमबार)

दिउँसोः पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

देशको पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशभका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशभका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ३० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड