प्रेमिकासंगको ‘अन्तरंग क्षण’ सार्वजनिक भएपछि कानूनी झमेलामा फसे अमेजनका मालिक « Khabarhub

प्रेमिकासंगको ‘अन्तरंग क्षण’ सार्वजनिक भएपछि कानूनी झमेलामा फसे अमेजनका मालिक


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सस– अमेजनका मालिक जेफ बेजोस कानुनी झमेलामा फसेका छन् । उनको निजी जीवनसंग सम्बन्धित कुरा सार्वजनिक भएपछि उनी कानूनी झमेलामा फसेका हुन् ।

हालै अमेरिकाको नेशनल इन्क्वायरर पत्रिकामा उनकी प्रेमिकासंगको अन्तरंग क्षण, फोटो र केही कुराकानीको अंश सहितको ‘टेक्स्ट म्यासेज’ प्रकाशित भएपछि विवाद बाहिर आएको हो ।

बेजोसले आफनी प्रेमिका लारेन सांचेजका भाइ माइकल सांचेजले उक्त फोटो र म्यासेज अखबारमा बेचेको आरोप लगाएका छन् । माइकले यसलाई गलत आरोप भन्दै बेजोसविरुद्ध अदालतमा मानहानीको मुद्धा दायरा गरेका छन् ।

एफबीआई जाँचको रिपोट अनुसार माइकलले अखबारमा फोटो र म्यासेज उपलब्ध गराए वापत २ लाख डलर मिलेको बताइन्छ ।

रिपोर्टमा लारेनले नै आफ्नो भाइलाई फोटो र म्यासेज उपलब्ध गराएको र माइकले अखबारमा बेचेको समेत उल्लेख गरिएको बताइन्छ ।

नेशनल इन्क्वायरर पत्रिकाका अनुसार बेजोसले लारेनसंग सम्बन्ध राखेपछि पत्नीसंग सम्बन्ध बिच्छेद भएको थियो । तत्पश्चात उनी लारेनसंग ‘लिभ इन रिलेशनसिप’मा बस्दै आएका थिए ।

माइकलेले बेजोसको आरोपले उनलाई नोक्सान पुर्‍याउने बताएका छन् । बेजोसले आफूविरुद्ध लागेको आरोपको बारेमा अहिले सम्म केही प्रतिकृया भने जनाएका छैनन् ।

यो पछिल्लो घटना मात्र नभएर यसअघि पनि उनको निजी जीवनका विवाद मिडियामा छाउने गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ३६ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र