वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने नेपाल टेलिभिजनका कर्मचारीको चेतावनी  « Khabarhub

वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने नेपाल टेलिभिजनका कर्मचारीको चेतावनी 


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आज हुने वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्दै विरोध जनाउने भएका छन् ।

उनीहरुले आफ्ना माग सुनुवाई नगरी अनावश्यक आर्थिक भार थप्ने गरी व्यवस्थापन पक्ष अघि बढेको भन्दै सोमबार हुने वार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् ।

नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गरेका थिए ।

कर्मचारीको बृत्ति विकास लगायत यसअघि पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी युनियनलाई बेवास्था गरेको लगायतका आरोप लगाउँदै बार्षिक उत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने विज्ञप्तिमा उल्लेख छ ।

‘कर्मचारीको बृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैयाविरुद्ध माघ २० गते टेलिभिजन कार्यलयमा हुने बार्षिक उत्सब सम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’ संघका अध्यक्ष गोपालप्रसाद दाहाल र युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ५९ बजे

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ