वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने नेपाल टेलिभिजनका कर्मचारीको चेतावनी  « Khabarhub

वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने नेपाल टेलिभिजनका कर्मचारीको चेतावनी 


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आज हुने वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्दै विरोध जनाउने भएका छन् ।

उनीहरुले आफ्ना माग सुनुवाई नगरी अनावश्यक आर्थिक भार थप्ने गरी व्यवस्थापन पक्ष अघि बढेको भन्दै सोमबार हुने वार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् ।

नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गरेका थिए ।

कर्मचारीको बृत्ति विकास लगायत यसअघि पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी युनियनलाई बेवास्था गरेको लगायतका आरोप लगाउँदै बार्षिक उत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने विज्ञप्तिमा उल्लेख छ ।

‘कर्मचारीको बृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैयाविरुद्ध माघ २० गते टेलिभिजन कार्यलयमा हुने बार्षिक उत्सब सम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’ संघका अध्यक्ष गोपालप्रसाद दाहाल र युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ५९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक