सेवा प्रारम्भको ८० बर्षपछि बीबीसी हिन्दी रेडियोको प्रसारण बन्द « Khabarhub

सेवा प्रारम्भको ८० बर्षपछि बीबीसी हिन्दी रेडियोको प्रसारण बन्द


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रसारण सुरु भएको ८० बर्षपछि बीबीसी हिन्दी रेडियोको सेवा बन्द भएको छ ।

८० वर्ष लामो बीबीसीको प्रसारण सेवा जनवरी ३१ शुक्रबारदेखि बन्द भएको हो । बीबीसी हिन्दीको अन्तिम प्रशारण शुक्रबार बेलुकी ७ बजे भएको थियो ।

आर्थिक संकटका कारण बीबीसीले पटक/पटक कर्मचारीहरु कटौती गरिरहँदा बीबीसी हिन्दी रेडियोको भने सेवा नै बन्द गरेका छन ।

भारतीय मिडियाहरुले भने बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुको कारण स्रोता घट्नु बताएका छन् ।

बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण सन १९४० को मे ११ मा भएको थियो । त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण गरिएको थियो । सन् १९४१ बाट कार्यक्रमको अवधि आधा घण्टा बनाइएको थियो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : १६ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया