विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन गरिने « Khabarhub

विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन गरिने


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित नाटक ‘महाभोज’ विराटनगरमा मञ्चन गरिने भएको छ । प्रदेश नम्बर १ सरकारको सहयोग र स्थानीय आरोहण गुरुकुल तथा लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा यो नाटक मञ्चन गर्न लागिएको हो ।

आयोजकका अनुसार नाटक ‘महाभोज’ यही माघ २२ र २३ गते प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मञ्चन हुनेछ । यो नाटकलाई भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा समेत मञ्चन गरिनेछ ।

एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई बिराटनगरमा मञ्चन गरिने आयोजकले जनाएको छ ।

यो नाटक भारतकी लोकप्रिय लेखिका मन्नु भण्डारीको उपन्यासमा आधारित छ । यो उपन्यासलाई मनुले नै नाटकमा रुपान्तरण गरेकी हुन् । नेपालीमा भने यो नाटकलाई विप्लव प्रतीकले अनुवाद गरेका हुन् । नाटकलाई चर्चित रंगकर्मी अनुप बरालले निर्देशन गरेका हुन् ।

नाटकमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक लगायतको अभिनय छ ।

विराटनगरमा मञ्चनपछि नाटक टिम भारतको दिल्ली प्रस्थान गर्नेछ । दिल्लीमा माघ २६ गते र देहरादूनमा माघ २८ गते नाटक मञ्चन गरी टिम नेपाल फर्किनेछ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ३१ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा