‘चपली हाइट ३’ को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा (भिडियो) « Khabarhub

‘चपली हाइट ३’ को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा (भिडियो)


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो ।

‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा डिपी खनालका शब्द छन् भने सुवास भुसालले संगीत दिएका छन् ।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ । भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाच्दै गरेको देख्न सकिन्छ ।

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।

यसैगरी फिल्मलाई अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने सुवास भुसाल र अर्जुन कुमारले संगीत दिएका छन् ।

यस्तो छ गीत

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  २ : ४९ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर