ठेला व्यापारीले कुखुराको भन्दै कौवाको मासु बेचेपछि… « Khabarhub

ठेला व्यापारीले कुखुराको भन्दै कौवाको मासु बेचेपछि…


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदी तपाईंले सडक किनारामा राखिएका ठेलामा पाइने खाद्यपदार्थ विशेषगरि मासुका परिकार खानुहुन्छ भन्ने ख्याल गर्नुहोला । त्यस्ता ठेलामा अखाद्य सामाग्रीको प्रयोग भएको हुनसक्छ ।

नेपालमा पनि पछिल्लो समय ठेलाको व्यापार फस्टाउँदै गएको छ ।

भारतमा ठेला व्यापारीको घिनलाग्दो काम भेटिएको छ । कुखुराको मासुको नाममा कौवाको मासु बेचिएको पाइएको हो ।

भारतको तामिलनाडुस्थित रामेश्वरममा यस्तै एक घटना फेला परेको छ । सडक किनाराको एक ठेलामा जब खाद्य विभागले छापा मार्‍यो तब सरकारी अधिकारीहरु हैरान भए ।

ठेलामा सस्तोमा विकिरहेको चिकेन अर्थात कुखुराको मासु नभएर कौवाको भएको फेला परेको थियो ।

कुखुराको मासुको नाममा कौवाको मासु बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको साथबाट १५० वटा मरेका कौवासमेत फेला पारिएको थियो ।

प्रहरीका अनुसार चिकेनको नाममा कौवा बेचेको आशंका रामेश्वरम मन्दिरमा आएकाहरुले गरेका थिए । हरेक दिन कौवालाई चारा खुवाउने केही श्रद्धालुले केही दिन यता केही मरेका कौवा फेला पारेका थिए ।

उनीहरुले कसैले कौवालाई मारिरहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि केही व्यक्तिले विषालु चामल चाराको रुपमा दिएर कौवालाई मार्ने गरेको तथ्य फेला पारेको थियो ।

जब प्रहरीले कौवाको मासु बेच्नेसँग सोधपुछ गर्यो‍ त्यसपछि उनीहरुले मारिएका कौवा साना पसलेहरुलाई बेचिएको र उनीहरुले चिकेन बिरयानी, चिकेन ललिपप भनेर बेचिरहेको र उनीहरुको कमाइ राम्रो रहेको बताएका थिए ।

यसअघि भारतकै मुम्बइ, कोलकता र चेन्नाइमा सन् २०१८ मा खाद्य विभागले छापा मारी कुकुर र विरालोको मासु बेचेको आरोपमा केहीलाई पक्राउ समेत गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : ५४ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको