१ करोड १५ लाखमा विक्री भयो ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स « Khabarhub

१ करोड १५ लाखमा विक्री भयो ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल (विदेशी) राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण टिमले जनाएको छ । फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको हो ।

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि यो फिल्म निर्माण गरिएको हो । फिल्म सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

फिल्मको अन्तर्राष्ट्रिय राइटस् यति ठूलो रकममा विक्री भएको यो पहिलो हो । अमेरिकाको नेप्सिने कम्पनीले राइटस् खरिद गरेको आयोजकले जनाएको छ । आज (सोमवार) रंगशाला निर्माण स्थलमा सुबिहानी फिल्मस् को तर्फबाट कलाकार तथा अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र नेप्सिने कम्पनी नेपालको प्रमुख विधान कार्कीबीच सम्झौता गरियो ।

फिल्मको नाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिइने यसअघि नै निर्माण टिमले जनाएको छ ।

शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ ।

दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ०४ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य