रेडक्रस भित्रको राजनीति बन्द गर्न मन्त्री बाँस्कोटाको चेतावनी « Khabarhub

रेडक्रस भित्रको राजनीति बन्द गर्न मन्त्री बाँस्कोटाको चेतावनी


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले परोपकारी संस्था रेडक्रसमा हुने राजनीति बन्द गर्न चेतावनी दिएका छन् । रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको पनि मन्त्री बाँस्कोटाको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सोमबार बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्नुस्, कुनै समस्या/विवाद आउँदैन ।’

कमाउ धन्दा तथा व्यापारिक संस्थामा विवाद उठ्नु स्वाभाविक मान्ने गरिए पनि विशुद्ध मानवीय भावना बोकेको संस्थामा विवाद आउनु सुखद नभएको उनको भनाइ थियो।

मन्त्री बाँस्कोटाले रेडक्रसको आँगनभित्र ‘राजनीति’ अन्त्य हुनुपर्नेमा जोड दिँदै भने, ‘व्यक्तिका आआफ्ना विचार होलान् तर रेडक्रसको आँगनभित्र राजनीति अन्त्य गर्नुस्, कहिले पनि विवाद आउँदैन ।’ रेडक्रसको पछिल्लो नेतृत्वले ‘राजनीति’ गरेको छैन होला भन्नेमा आफू विश्वस्त रहेको उनको धारणा थियो ।

मन्त्री बाँस्कोटाले ‘सहयोगी राष्ट्रका जनताले कमाएको केही रकम बचाएर नेपालीलाई गरेको सहयोगको विषयमा विवाद उत्पन्न हुँदा कस्तो अर्थ राख्छ भन्ने प्रश्न गर्दै भने ‘डोनर एजेन्सी (क्यानेडियन)ले पनि त कमाएको पैसाबाट बचाएर हामीलाई सहयोग गरेको हो, यस्तो विषयमा ‘भागशान्ति जय नेपाल’ हैन ‘मिली शान्ति’ एकदम राम्रो हो ।’

मन्त्री बाँस्कोटाले रेडक्रसलाई ‘टोल फ्री’ नम्बर उपलब्ध गराउन आफूले पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिए । ‘नागरिकलाई सेवा दिन, नागरिकको दिगागमा बसिरहने एउटा सजिलो नम्बरको निम्ति म सहयोग गर्छु, यसमा सञ्चारको मात्रै भएर पुग्दैन गृहको पनि सहमति चाहिन्छ, सभासमारोहमा भाषण गरेर हुन्न, तपाईंहरु तत्कालै आउनुस्,’ उनले भने ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ३ : ४८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड