चीनसँग भएको सन्धिविरुद्ध सर्वोच्चमा रिट « Khabarhub

चीनसँग भएको सन्धिविरुद्ध सर्वोच्चमा रिट


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच भएको भनिएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयन  नगराउनका लागि अन्तरिम आदेशको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संवैधानिक व्यवस्था विपरित फौजदारी विषयमा सहकार्य गर्ने गरी चीनसँग सन्धि भएकाले कार्यान्वयन नगर्न नगराउनका लागि आदेशको माग गर्दै  अधिवक्ता हरिशचन्द्र तिमल्सेनाले सर्वोच्चले रिट दायर गरेका हुन् ।

उनले संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट दुई तिहाइ बहुमतले पारित गरेर मात्रै अन्य देशसँग सन्धि सम्झौता गर्ने संविधान तथा कानूनको व्यवस्था विपरित चीनसँग सन्धि भएको दाबी गरेका छन् ।

गत असोज २६ गते नेपाल तथा जनवादी गणतन्त्री चीनबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धीमा हस्ताक्षर भएको थियो ।

तर, संघीय संसदका दुवै सदनको तत्काल कायम सदस्य संख्याको दुई तिहाई बहुमतले अनुमोदन तथा स्वीकृति वा समर्थन नै नगरी कार्यान्वयन भएको पाइकाले दुई तिहाई बहुमतले अनुमोनद तथा समर्थन नभएसम्म सो सन्धी निर्णय भएको मितिदेखि कार्यान्वय नगर्न नगराउनका लागि आदेश जारी गर्न रिटमा मागदाबी गरिएको छ ।

गृहमन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता तिमल्सेनाले दायर गरेको रिटमा सर्वोच्चले  मंगलबारका लागि पेशी तोकेको छ ।

सर्वोच्चले रिटमाथिको सुनवाईका लागि पेशी तारेख पर्चा खडा गर्दै रिट निवेदक र विपक्षीहरुलाई उपस्थित हुन समेत भनेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ०४ बजे

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज