चीनसँग भएको सन्धिविरुद्ध सर्वोच्चमा रिट | Khabarhub Khabarhub

चीनसँग भएको सन्धिविरुद्ध सर्वोच्चमा रिट


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच भएको भनिएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयन  नगराउनका लागि अन्तरिम आदेशको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संवैधानिक व्यवस्था विपरित फौजदारी विषयमा सहकार्य गर्ने गरी चीनसँग सन्धि भएकाले कार्यान्वयन नगर्न नगराउनका लागि आदेशको माग गर्दै  अधिवक्ता हरिशचन्द्र तिमल्सेनाले सर्वोच्चले रिट दायर गरेका हुन् ।

उनले संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट दुई तिहाइ बहुमतले पारित गरेर मात्रै अन्य देशसँग सन्धि सम्झौता गर्ने संविधान तथा कानूनको व्यवस्था विपरित चीनसँग सन्धि भएको दाबी गरेका छन् ।

गत असोज २६ गते नेपाल तथा जनवादी गणतन्त्री चीनबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धीमा हस्ताक्षर भएको थियो ।

तर, संघीय संसदका दुवै सदनको तत्काल कायम सदस्य संख्याको दुई तिहाई बहुमतले अनुमोदन तथा स्वीकृति वा समर्थन नै नगरी कार्यान्वयन भएको पाइकाले दुई तिहाई बहुमतले अनुमोनद तथा समर्थन नभएसम्म सो सन्धी निर्णय भएको मितिदेखि कार्यान्वय नगर्न नगराउनका लागि आदेश जारी गर्न रिटमा मागदाबी गरिएको छ ।

गृहमन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता तिमल्सेनाले दायर गरेको रिटमा सर्वोच्चले  मंगलबारका लागि पेशी तोकेको छ ।

सर्वोच्चले रिटमाथिको सुनवाईका लागि पेशी तारेख पर्चा खडा गर्दै रिट निवेदक र विपक्षीहरुलाई उपस्थित हुन समेत भनेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ०४ बजे

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको