प्रशिक्षक पटवालले २ हप्ता अगाडि नै राजीनामा दिने जानकारी गराएका थिए : निवर्तमान कप्तान खड्का « Khabarhub

प्रशिक्षक पटवालले २ हप्ता अगाडि नै राजीनामा दिने जानकारी गराएका थिए : निवर्तमान कप्तान खड्का



काठमाडौं – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेस पटवालले २ हप्ता अगाडि नै राजीनामा दिने जानकारी गराएको निवर्नमान कप्तान पारस खड्काले बताएका छन् ।

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलापछि आफू प्रशिक्षकमा नरहने उनले राष्ट्रिय टोलीका खेलाडीलाई जानकारी दिएको खड्काले बताएका हुन् ।

त्रिकोणत्मक शृङ्खलाको अभ्यासमा ढिलो गरी भारतबाट आएका उनले पोखरामा रहँदा नै टोलीका खेलाडीलाई आफूले राजीनामा दिने बताएका थिए ।

सोमबार पटवालले राजीनामा दिएको बताइए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भने आधिकारिक पुष्टि गरेको छैन ।

‘उहाँले त्रिकोणात्मक सिरिज आफ्नो अन्तिम प्रतियोगिता रहेको जानकारी हामीलाई २ हप्ता अगाडि नै टोली पोखरामा हुँदा  जानकारी गराइसक्नु भएको थियो,’ निवर्तमान कप्तान खड्काले खबरहबसँग भने,‘ उहाँको १ बर्षको सम्झौता भए पनि व्यक्तिगत कारणले ४ महिना अगाडि नै छाड्ने तयारी गरेको बताउनु भएको थियो ।’

कप्तान खड्काका अनुसार प्रशिक्षक पटवालले २ हप्ता अगाडि नै आईसिसीलाई पत्र लेखिसकेका थिए ।

सिरिजको मुखैमा राजिनामाको घोषणा गरे पनि यसले सिरिजमा टोलीको प्रदर्शनमा कुनै असर नगर्ने खड्का बताउँछन् ।

‘यसले असर केही पनि गर्दैन । प्रशिक्षकले पूरा गर्नुपर्ने जिम्मेवारी उहाँले पुरा गरी नै राख्नु भएको छ । ‘एन्ड दी इन्ड’ खेलाडीले गएर खेल्नु पर्ने हो । उहाँले सिरिजको एक दिन अगाडि भन्नु भएको भए असर गर्थ्यो सायद ।  २ हप्ता अगाडि नै खेलाडीलाई खबर गरिसक्नु भएको थियो । त्यसकारण असर नपर्ला । ’

नेपाल क्रिकेट संघ निलम्बनमा रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार अमेरिकी डलर तलब दिने गरी गत जेठमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

आईसिसीले प्रशिक्षक नियुक्त गरेका पटवालले विश्वकप लिग २ को खेल लगत्तै लागुहुने गरि राजीनामा दिएका हुन् । नेपाल क्रिकेट संघ क्यानका सचिव तथा प्रवक्ता असोकनाथ प्याकुरेलले प्रशिक्षक पटवालको राजीनामा बारे क्यानलाई जानकारी नभएको बताएका छन् ।

उनले भने ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन् । यदि उहाँले राजीनामा नै दिनु भएको रहेछ भने पनि आईसीसीलाई दिनु भएको होला हामीलाई जानकारी छैन्,’ सचिव प्याकुरेलले खबरहबसँग भने ।

यो पनि पढौं

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ५७ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त