एमसीसीबारे अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठकमा के भयो ? « Khabarhub

एमसीसीबारे अध्ययन गर्न बनेको नेकपा कार्यदलको पहिलो बैठकमा के भयो ?


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी परियोजना एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यदिशाका  विषयमा छलफल गरेको छ ।

सोमबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कार्यदलको कार्यादेशबारे छलफल भएको कार्यदलका संयोजक समेत रहेका नेकपा वरिष्ठ  नेता झलनाथ खनालले जानकारी दिए ।

उनले कार्यदलको कार्यदिशा, एमसीसीको अध्ययन गर्ने क्रममा चाहिने सामग्री लगायतका विषयमा छलफल भएको जानकारी दिए । उनले कार्यदलको अर्को बैठक बुधबार बस्ने र उक्त बैठकमा थप गृहकार्य हुने बताए ।

एमसीसी बारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा आाइतबार तीन सदस्यीय कार्यदल गठन भएको थियो।

कार्यदलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य रहेका छन्। कार्यदललाई प्रतिवेदन बुझाउन १० दिनको समय तोकिएको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : ०३ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस