संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौंः अध्यक्ष यादव « Khabarhub

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौंः अध्यक्ष यादव


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने बताएका छन् ।

उदयपुरको गाईघाटमा प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताएका हुन् ।

विगतमा हाल सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म सो कुरा पूरा हुन नसकेको कारण आफ्नो पार्टी शान्तिपूर्ण सङ्घर्षमा जानु परेको स्पष्ट पारे ।

आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको धारणा राखेका थिए । उनले अबको दुई वर्षभित्र समाजवादी पार्टीलाई देशको ठूला राजनीतिक दलको क्षमता र सङ्ख्याको हैसियतमा पु¥याउने प्रतिबद्धताका साथ अहिले पार्टी प्रशिक्षण तथा विस्तार अभियान शुरु गरिएको बताए ।

प्रशिक्षण कार्यक्रममा अर्का वरिष्ठ नेता अशोक राईले देशमा भ्रष्टाचार व्यापक बढ्दै गएको कारण यसको सुधार गर्नको लागि अब निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र खर्चिलो प्रत्यक्ष निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राखेका थिए ।

दुईदिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को १४ जिल्लाको झण्डै २५० कार्यकर्ताको सहभागिता रहेको सो पार्टीले जनाएको छ । प्रशिक्षणमा सहभागीलाई अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्षहरु युवराज कार्की, रकम चेमजोङ, हेमराज राईले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको समापन अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : ३० बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको