आज देशभरको मौसम सफा रहने | Khabarhub Khabarhub

आज देशभरको मौसम सफा रहने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशभरको मौसम सफा रहनेछ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकोले मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

तराईका क्षेत्रमा मौसम सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभाग आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

तराईका क्षेत्रमा मौसम सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा राति मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान
फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : २० बजे

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भोजपुर– यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा