सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना « Khabarhub

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ ।

सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर नवलपरासीले जनाएको छ ।

सरावल गाउँपालिका–७ भुजहवामा सोमबार स्थापना गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बिओपी स्थापनासँगै सीमाक्षेत्रको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सन्दर्भमा सशस्त्र प्रहरीको उपस्थिति सीमाक्षेत्रमा मजबुत बनाउँदै लैजाने सरकारको नीतिअनुसार नेपाल–भारत सीमाक्षेत्रमा रहेका स्तम्भको सुरक्षा, सीमा अतिक्रमण, चोरी तस्करी, राजश्व चुहावट रोकथाम गर्न यो चौकी स्थापना गरिएको हो, आगामी दिनमा यहाँको सुरक्षा थप सुदृढ र प्रभावकारी हुने हामीले विश्वास लिएका छौँ ।’

आफ्नो पेशाप्रति इमान्दार र मर्यादित रहेर विपद् व्यवस्थापन, शान्ति सुरक्षाको अनुभूति हुने गरी जनताको सेवामा खटिन उनले सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन दिए ।

सरकारले सीमा अतिक्रमण भएका जिल्ला र राजश्व चुहावट हुने संवेदनशील क्षेत्रमा सुरक्षा चौकी थप गर्ने निर्णय गरेअनुसार पश्चिम नवलपरासीको भुजहवामा चौकी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुरका प्रहरी उपरीक्षक भरत खनियाले राससलाई जानकारी दिए ।

उनले भने, ‘संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरीको बल स्थापना गर्ने सरकारको नीति रहेको छ, यस जिल्लामा पनि तीन चौकी स्थापनाका लागि स्वीकृति भएबमोजिम भुजहवामा चौकी स्थापना गरिएको हो ।’

बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड रहने गर्दछ । पश्चिम नवलपरासीको भारतीय सीमासँग जोडिएको २८ किलोमिटर क्षेत्रअन्तर्गत यो चौथो बिओपी हो । यसअघि जिल्लाको सुस्ता, गुठीप्रसौनी र हरपुरमा बिओपी स्थापना भएका थिए ।

भारतीय सिमानासँग जोडिएका जिल्लामा सुरक्षा चौकी कम भएकाले थप बल स्थापना गर्नुपरेको बताउँदै उपरीक्षक खनियाले भने, ‘चौकी थप गर्दै जाने नीतिअनुसार जिल्लामा पाल्हीनन्दनको गेरमी र सुस्ताको रामनगरमा पनि बिओपी स्थापना गर्ने तयारी छ, त्यहाँ बिओपी थप गर्न भौतिक संरचनाका लागि उचित स्थान र जग्गाको खोजी भइरहेको छ ।’

भारतले सीमा सुरक्षाका लागि तीन/तीन किलोमिटरको फरकमा एसएसबी स्थायी चौकी र आवश्यकताअनुसार अस्थायी चौकी राखेको छ । तर नेपालमा भने २८ किलोमिटरको दूरीमा योसहित चार बिओपी भएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : २३ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३