मोवाइल फोन प्रयोगकर्तालाई जारी भयो खतराको सूचना, थाहा पाउनोस् तपाई कति सुरक्षित ? | Khabarhub Khabarhub

मोवाइल फोन प्रयोगकर्तालाई जारी भयो खतराको सूचना, थाहा पाउनोस् तपाई कति सुरक्षित ?


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  १० करोड स्मार्ट फोनका प्रयोगकर्तालाई खतराको सूचना जारी भएको छ ।

भीपीएन प्रोको अनुसन्धानमा एकदमै लोकप्रीय रहेका भनिएका भीपीएन एप्समा गम्भीर त्रुटीहरु पत्ता लगाएसँगै यस्तो खतराको सूचना जारी गरिएको हो ।

त्यस्ता खतरनाक एप्सहरु १० करोड पटक डाउनलोड गरिएकाले ती फोनका प्रयोगकर्तालाई यस्तो चेतावनीयूक्त सूचना जारी गरिएको हो ।

भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) एप्सलाई सेक्योर कनेक्सनको लागि बनाईने गरिन्छ । तर विज्ञहरुले केही खतरनाक एप्सलाई देखाउँदै एन्ड्रोएड यूजरहरुलाई चेतावनी दिएका छन् ।

यी एप्स यूजरहरुमा यति पपुलर छन् कि यिनीहरुलाई १० करोड पटक डाउनलोड गरिएको छ। भीपीएन प्रोका रिसर्चर जन योङ्गरेनले यी एप्समा यूजरहरुलाई खतरनाक अट्याक हुन सक्ने त्रुटीहरु पाईएको बताएका छन् ।

यस अट्याकलाई ‘म्यान ईन द मिडल’ ह्याक भनिएको छ । ह्याकरहरुले यी एप्सका माध्यबाट भीपीएन प्रोभाईडरबीच भएको गतिविधिलाई सजिलै ट्रयाक गर्न सक्नेछन् ।

रिसर्च अनुसार हाल १० करोड भन्दा धेरै मानिसहरुको क्रेडिट कार्डको डिटेल चोरी हुन सक्ने खतरा रहेको छ । यसले प्राइभेट फोटो र भिडियोलाई पनि अनलाइनमा लिक वा बेच्न सक्ने छ ।

हरेक मिनेट यूजरहरुको प्राइभेट कुराहरु रेकर्ड गरेर गोप्य लोकेशनमा पठाइने योङ्गरेनले जनाएका छन । ह्याकरहरुले यूजरले फोनमा कहिले के गरिरहेका छन् भन्ने चेक पनि गर्न सक्दछन । भीपीएनको काम यूजरहरुको एक्टिभिटीलाई प्राइभेट राख्नु हुन्छ ।

तर यी एप्सले यसको उल्टो काम गरिरहेका छन् र यूजरहरुको प्राईभेसीसँग छेडछाड गरिरहेका छन् । अनुसन्धानदाताहरुले खतरनाक भनेका यी १० एप्सलाई तत्काल डिलिट गर्न पनि आग्रह गरेका छन् ।

१. सुपरभीपीएन फ्रि भीपीएन क्लाईन्ट

२.ट्यापभीपीएन फ्रि भीपीएन

३.बेस्ट अल्टिमेट भीपीएन–फास्टेस सेक्योर अल्टिमेट भिपिन

४.वुमा भीपीएन–प्रो(फास्ट एन्ड अल्टिमेट एन्ड सेक्योरिटी)

५.भीपीएन अनब्लकर फ्रि अल्टिमेट बेस्ट एनोन्युमस सेक्योर

६.भीपीएन डाउनलोडः टप, क्वुईक एन्ड अनब्लक साइट्स

७.सुपर भीपीएन २०१९ यूएसए–फ्रि भीपीएन, अनब्लक प्रोक्सी भीपीएन

८.सेक्योर भीपीएन फास्ट भीपीएन फ्रि एन्ड अल्टिमेट भीपीएन

९.पावर भीपीएन फ्रि भीपीएन

१०. कोरिया भीपीएन–प्लगिन फर ओपनभीपीएन

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ३९ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको