मोवाइल फोन प्रयोगकर्तालाई जारी भयो खतराको सूचना, थाहा पाउनोस् तपाई कति सुरक्षित ? « Khabarhub

मोवाइल फोन प्रयोगकर्तालाई जारी भयो खतराको सूचना, थाहा पाउनोस् तपाई कति सुरक्षित ?


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  १० करोड स्मार्ट फोनका प्रयोगकर्तालाई खतराको सूचना जारी भएको छ ।

भीपीएन प्रोको अनुसन्धानमा एकदमै लोकप्रीय रहेका भनिएका भीपीएन एप्समा गम्भीर त्रुटीहरु पत्ता लगाएसँगै यस्तो खतराको सूचना जारी गरिएको हो ।

त्यस्ता खतरनाक एप्सहरु १० करोड पटक डाउनलोड गरिएकाले ती फोनका प्रयोगकर्तालाई यस्तो चेतावनीयूक्त सूचना जारी गरिएको हो ।

भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) एप्सलाई सेक्योर कनेक्सनको लागि बनाईने गरिन्छ । तर विज्ञहरुले केही खतरनाक एप्सलाई देखाउँदै एन्ड्रोएड यूजरहरुलाई चेतावनी दिएका छन् ।

यी एप्स यूजरहरुमा यति पपुलर छन् कि यिनीहरुलाई १० करोड पटक डाउनलोड गरिएको छ। भीपीएन प्रोका रिसर्चर जन योङ्गरेनले यी एप्समा यूजरहरुलाई खतरनाक अट्याक हुन सक्ने त्रुटीहरु पाईएको बताएका छन् ।

यस अट्याकलाई ‘म्यान ईन द मिडल’ ह्याक भनिएको छ । ह्याकरहरुले यी एप्सका माध्यबाट भीपीएन प्रोभाईडरबीच भएको गतिविधिलाई सजिलै ट्रयाक गर्न सक्नेछन् ।

रिसर्च अनुसार हाल १० करोड भन्दा धेरै मानिसहरुको क्रेडिट कार्डको डिटेल चोरी हुन सक्ने खतरा रहेको छ । यसले प्राइभेट फोटो र भिडियोलाई पनि अनलाइनमा लिक वा बेच्न सक्ने छ ।

हरेक मिनेट यूजरहरुको प्राइभेट कुराहरु रेकर्ड गरेर गोप्य लोकेशनमा पठाइने योङ्गरेनले जनाएका छन । ह्याकरहरुले यूजरले फोनमा कहिले के गरिरहेका छन् भन्ने चेक पनि गर्न सक्दछन । भीपीएनको काम यूजरहरुको एक्टिभिटीलाई प्राइभेट राख्नु हुन्छ ।

तर यी एप्सले यसको उल्टो काम गरिरहेका छन् र यूजरहरुको प्राईभेसीसँग छेडछाड गरिरहेका छन् । अनुसन्धानदाताहरुले खतरनाक भनेका यी १० एप्सलाई तत्काल डिलिट गर्न पनि आग्रह गरेका छन् ।

१. सुपरभीपीएन फ्रि भीपीएन क्लाईन्ट

२.ट्यापभीपीएन फ्रि भीपीएन

३.बेस्ट अल्टिमेट भीपीएन–फास्टेस सेक्योर अल्टिमेट भिपिन

४.वुमा भीपीएन–प्रो(फास्ट एन्ड अल्टिमेट एन्ड सेक्योरिटी)

५.भीपीएन अनब्लकर फ्रि अल्टिमेट बेस्ट एनोन्युमस सेक्योर

६.भीपीएन डाउनलोडः टप, क्वुईक एन्ड अनब्लक साइट्स

७.सुपर भीपीएन २०१९ यूएसए–फ्रि भीपीएन, अनब्लक प्रोक्सी भीपीएन

८.सेक्योर भीपीएन फास्ट भीपीएन फ्रि एन्ड अल्टिमेट भीपीएन

९.पावर भीपीएन फ्रि भीपीएन

१०. कोरिया भीपीएन–प्लगिन फर ओपनभीपीएन

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ३९ बजे

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ