‘प्रेम गीत ३’ मा जीवनको यस्तो अवतार « Khabarhub

‘प्रेम गीत ३’ मा जीवनको यस्तो अवतार


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ को चर्चा छ । यतिबेला निर्माण टिमले अभिनेता जीवन भट्टराईको फस्ट लूक सार्वजनिक गरेको छ ।

पोस्टरमा भट्टराईलाई फरक भूमिकामा देखाइएको छ । उनी लामो कपालसहित चरित्रमा प्रस्तुत भएका छन् ।

निर्माण टिमले यसअघि पनि फिल्ममा समावेश कलाकारको क्यारेक्टर लूक एकपछि अर्को गर्दै सार्वजनिक गर्ने गरेको छ ।

छिट्टै नै ट्रेलर रिलिज गर्न लागेको टिमले फिल्म राम्रो भएको दाबी गर्दै आएको छ ।

एक बन्देज प्रेमकथा भनिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन तथा हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

फिल्ममा मुख्य लगानी सन्तोष सेनको रहेको छ भने निर्माता सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।

यो फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्मले केही गीत सार्वजनिक गरिसकेको छ । ती गीत दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : २३ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी