नेपालमा रेल चलाउन २२६ कामदार आवश्यक, २६ जना भारतबाट ल्याइने | Khabarhub Khabarhub

नेपालमा रेल चलाउन २२६ कामदार आवश्यक, २६ जना भारतबाट ल्याइने

भारतमा निर्माण गरिएको रेल नेपाल ल्याउन अझै १ महिना लाग्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुर्था–जनकपुर–जयनगर ३४ किलोमिटरमा चलाउन नेपालले अर्डर गरेका दुई ‘ट्रेन सेट’ (रेल) भारतको चेन्नईस्थित रेल उत्पादन केन्द्र (सवारी डिब्बा कारखाना)मा तयार भइरहेका छन् ।

यी रेल निर्माणको काम करिब करिब सकिएको तर, तत्काल ल्याउने सम्भावना कम रहेको रेल विभागले जनाएको छ ।

विभागले यसअघि पटक–पटक रेल नेपाल आइपुग्ने मिति तय गरेपनि विभिन्न समस्याका कारण निर्धारित मितिमा रेल ल्याउन सकिएको छ ।

र चेन्नईको कोकन रेलवे कर्पोरेशनले दुई सेट ट्रेन कारखानामा तयार भइसकेको जानकारी दिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

‘दक्ष कामदारको टुंगो छैन । भर्खरै त कामदार नियुक्तिका लागि सुचना प्रकाशन गरिएको छ’ मिश्रले भने, ‘अब पनि सेड्युल परिवर्तन भएन भने एक महिनाभित्रमा भारतमा बनेका रेल नेपाल आइपुग्छन् ।’

विभागले ४२ करोड ५० लाखको दरका दुईवटा रेल ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।

त्यसो त भारतमा उत्पादन भइरहेको रेल जनकपुर–विजलपुरा हुँदै कुर्थासम्म सञ्चालन ल्याउने तयारी विभागको छ । मिश्रका अनुसार रेल नेपालमा आइपुग्न अझै महिनादिन लाग्नेछ भने सञ्चालनको मिति तय गरिएको छैन ।

‘रेल तयारी अवस्थामा छन् हामीलाई पत्राचार आइपसकेको छ’ उनले भने, ‘ल्याएर कहाँ राख्ने ? सञ्चालन गर्न कामदार छैनन् धेरै समस्या छन् ।’

सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमा रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर तत्कालका लागि जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटरमा मात्र रेल सञ्चालन हुने भएको छ ।

६९ किलोमिटर रेलमार्गमा हालसम्म इनरुवादेखि विजलपुरासम्म ५२ किलोमिटर क्षेत्रमा मात्र जग्गा प्राप्त भएको र १७ मिलोमिटर क्षेत्रमा अझै जग्गा प्राप्त गर्न नसकिएको विभागले जनाएको छ ।

यस्ता छन् खरिद गरिएका रेल

मिश्रकाअनुसार खरिद गरिएका दुवै रेल एकैपटक नेपाल आइपुग्ने छन् । मध्यम दूरीका लागि उपयुक्त मानिने यी रेल प्रतिघण्टा सय किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्नेछन् । रेलमा डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुनेछ र ट्र्याक्सन मोटर चल्नेछ ।

त्यसैगरी अगाडी र पछाडी दुवैतिरबाट गुडाउन मिल्ने रेलभित्र एसीसहित एउटा कोच पनि हुनेछ । जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिहरुले यात्रा गर्न सक्नेछन् ।

नेपालको झण्डा फरफराउँदै गुड्ने रेलमा उभिएर र बसेर १ हजार ३ सय जना यात्रुले यात्रा गर्न सक्नेछन् ।

‘जयनगर–विजलपुराका लागि एउटा डिमो ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन् । त्यसमा उभिएर र बसेर १ हजार २ सयदेखि १ हजार ४ सयसम्म यात्रु आवतजावत गर्न मिल्नेछ’ विभागका प्रवक्ता अमन चित्रकारले खबरहबसँग भने, ‘त्यसलाई व्यवस्थापन गर्न दुई सयभन्दा बढी जनशक्ति आवश्यक पर्छ ।’

रेल चलाउन सरकारले माग्यो २६ कामदार

रेल सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थापनको कार्य शुरु भइरहेको विभागले जनाएको छ । रेल सञ्चालनमा ल्याइने चर्चा भएसँगै कामदार पनि भारतबाट करारमा ल्याउने कुरा भइरहेको छ ।

रेल सेवा सञ्चालनका लागि नेपाल सरकारबाट २६ जना विदेशी कामदार तथा अन्य २ सय जना नेपाली कामदार गरी २ सय २६ जना कामदार नियुक्ति गर्ने प्रक्रिया शुरु भइसकेको महानिर्देशक मिश्रले खबरहबलाई जानकारी दिए ।

त्यस्तै सरकारले रेल सञ्चालनका लागि करारमा कामदार ल्याउने भनेसँगै नवलपरासीका रेल चालक बमबहादुर घिमिरेलाई भौतिक पूर्वातार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले केही समयअघि भेट गरेका थिए ।

नेपालको पहिलो रेल चालकका रुपमा रहेका घिमिरेलाई मन्त्रालयमै बोलाएर छलफल गरिएको थियो । अहिलेपनि घिमिरेसँग कुराकानी भइरहेको बताउँदै मिश्रले भने, ‘घिमिरे नेपालका लागि पहिलो रेल चालक मानिएको छ । त्यसकारण हामी छलफलमै छौं । निष्कर्ष निक्लिएको छैन ।’

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल चल्ने भएपछि सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडका लागि कर्मचारी भर्ना शुरु गरेको छ ।

कम्पनीले आठ जना स्टेशन मास्टर, एक–एक जना दरले चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर गरी ४२ वटा पदमा कामदार नियुक्ति गर्न लागेको छ ।

सरकारले रेल सेवा सञ्चालन गर्नका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ ।

के छ रेल्वे सम्बन्धि विधेयकमा

रेल्वे सम्बन्धलाई व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख भएअनुसार रेल चालक र सहचालक माध्यमिक तह (दश जोड दुई) वा सो सरह उतीर्ण गरेको हुनुपर्दछ ।

त्यसैगरी रेल्वे ऐन २०७६ अनुसार चालकको हकमा रेल गुडाउनका लागि कम्तीमा ५ वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्नेछ ।

तर नेपालमा रेल सञ्चालन यो नै पहिलो पटक हो । जसकारण यससम्बन्धी ज्ञान भएका कामदारको अभावका कारण दक्ष जनशक्ति व्यवस्थापनमा सरकारलाई चुनौती थपिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ३९ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको