प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ ।

‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गर्ने तयारी गरिसकेका छौं,’ प्राडा ज्ञवलीले खबरहबसँग भने, ‘भोलिको प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम पनि सकिएको छ ।’

 दुई भारतीय चिकित्सक  आउँदै

प्रधानमन्त्री ओलीको चाहना अनुसार नेपाली चिकित्सक र नेपालै अस्पतालमा प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दैछन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि डा ज्ञवालीको नेतृत्वमा ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफसहित करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा खटिने तयारी भइसकेका छ ।

तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गर्दै सरकारले भारतबार दुईजना चिकित्सक समेत बोलाएको डा ज्ञवालीले बताए ।

भारतबार एकजना सर्जन ( डाक्टर अनन्त कुमार) र एकजना फिजिसिएन नेपाल आउँदै गरेको डा ज्ञवालीले बताए ।

‘मेरो नेतृत्वमा नेपाली चिकित्सककै टोलीले प्रधानमन्त्री ज्युको मिर्गौला प्रत्यारोपण गर्ने हो । तर, प्रधानमन्त्री जस्तो सम्वेदनशील व्यक्तिको प्रत्यारोपण भएकाले केही समस्या पर्न सक्छ भनेर दुईजना भारतीय चिकित्सक पनि बोलाइएको छ,’ डा ज्ञवालीले खबरहबसँग भने, ‘भारतबाट एकजना सर्जन र एकजना फिजिसियन आउँदै हुनुहुन्छ, उहाँहरुले बेलुका सम्म अस्पतालमा आइपुग्नु हुन्छ ।’

भोलि हुने मिर्गौलाको प्रत्यारोपणको तयारीका लागि प्रधानमन्त्री ओलीले आज राति १० बजेपछि खाली पेट बस्ने डा ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  २ : ३४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको