हेटौंडामा ६ किलो सुनससहित भारतीय नागरिक पक्राउ « Khabarhub

हेटौंडामा ६ किलो सुनससहित भारतीय नागरिक पक्राउ


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले ६ किलो सुनसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य कर्नाटकका ४२ वर्षीय अब्दूल मजिद अनेकल रहेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरका अनुसार काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको यात्रु बस चेकजाँचको क्रममा ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा मजिदको साथबाट सुन फेला परेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा मजिदले बोकेको कालो झोला चेक गर्दा त्यसमा गाडीका पाटपूर्जा फेला परेका थिए । झोलामा भेटिएका पाटपूर्जाहरु स्वभाविकभन्दा बढी तौलका पाइएपछि प्रहरीले बरामद गरेर परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा ८ वटा सुनका ढिक्काहरु फेला परेका थिए । प्रहरीले मजिदको साथबाट बरामद भएको सूनको बजार मूल्य ४ करोड २७ लाख ७ सय ७४ रुपैयाँ रहेको जनाएको छ ।

पक्राउ परेका मजिदले कहाँबाट उक्त परिमाणको सुन ल्याएका थिए भन्ने विषयमा भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका मजिदलाई सुनसहित थप अनुसन्धानका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ०९ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,