अभेन्सी लाइसेन्सिङ प्ल्याटफर्म मार्फत ओपोले आईओटी ईन्डष्ट्रिलाई सेल्यूलर लाइसेन्स प्याटेन्ट प्रदान गर्ने « Khabarhub

अभेन्सी लाइसेन्सिङ प्ल्याटफर्म मार्फत ओपोले आईओटी ईन्डष्ट्रिलाई सेल्यूलर लाइसेन्स प्याटेन्ट प्रदान गर्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले अग्रणी प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म अभेन्सी मार्फत आप्mनो ग्लोबल थ्रीजी र फोरजी मानक आवश्यक प्याटेन्ट लाईसेन्स आईओटी र अटोमोटिब बजारलाई प्रदान गर्ने घोषणा गरेको छ ।

यस सन्दर्भमा बोल्दै ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने,‘ ओपो सँधै उद्योगको स्वस्थ विकासका लागि प्रतिबद्ध रहेको छ । उद्योगलाई ओपोको एसेन्सियल प्याटेन्ट पोर्टफोलियो निष्पक्ष, उचित र गैरभेदवावपूर्ण (फ्रान्ड) तवरमा लाईसेन्स प्रदान गर्ने हाम्रो चाहना छ । हाम्रो थ्रीजी र फोरजी कम्यूनिकेसन्स स्ट्यान्डर्ड एसेन्सियल प्याटेन्ट्स लाईसेन्सिङका लागि अभेन्सी मार्फत आईओटी र अटोमोटिभ निर्मातालाई प्रस्ताव गर्न पाउँदा हामी निकै प्रशन्न छौँ ।’

अभेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कासिम अल्फालाहीले भने, ‘अभेन्सी प्ल्याटफर्ममा स्मार्टफोन उद्योगकै अग्रणी ओपोलाई स्वागत गर्न पाउँदा हामी निकै गौरवान्वित छौँ । अभेन्सीले ओपो जस्ता कम्पनीहरुलाई तिनको आरएण्डडी लगानीका लागि उचित प्रतिफल कमाउन सघाउ पु¥याउँछ । हामी प्याटेन्ट ओनर्स र लाईसेन्सी दूबैका चासोका विषयलाई सन्तुलनमा राखि नवप्रबर्तनको निरन्तर्ताका लागि सटिक बजार उपलब्ध गराउँछौँ । ’

अभेन्सी, आईओटी भेन्डर्सलाई ताररहित सञ्चार प्रविधि माथि सहज पहुँच बनाउनका लागि वान स्टप समाधान उपलब्ध गराउने प्याटेन्ट लाईसेन्सिङ प्ल्याटफर्म हो । कनेक्टेड भेहिकल्सका लागि १४ अटोमोटिभ ब्राण्ड अहिले नै अभेन्सी मार्फत लाईसेन्ड छन् । हाल अभेन्सीसंग ओपो सहित ३८ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्ट होल्डर्स आवद्ध छन् । ओपोको पनि संलग्नताले ताररहित सञ्चार क्षेत्रमा कम्पनीको प्याटेन्ट स्ट्रेन्थको प्रतिनिधित्व अझ सटिकरुपमा भएको छ ।

वैश्विकरुपमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओपोले आफ्ना विश्वभरका प्रयोगकर्तालाई अदृतिय उत्पादन तथा सेवा अनुभव प्रदान गर्ने सोचका साथ आरएण्डडी नवप्रबर्तनलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । फेब्रुअरी २९, २०२० सम्म आईपुग्दा ओपोसंग ४३ हजार वैश्विक प्याटेन्ट निवेदन र १६ हजार भन्दा बढी प्याटेन्ट रहेका छन् । ती मध्य ३८ हजार प्याटेन्ट निवेदन नवप्रबर्तनमा आधारित रहेका जुन समस्त निवेदनको ८८% हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : २८ बजे

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर