मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति  « Khabarhub

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा समन्वयका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

निर्वाचन अवधिभर हुन सक्ने सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राखी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एच इ ओसी)  का कर्मचारीहरूलाई २४ सै घण्टा सम्पर्कमा रहने व्यवस्था मिलाइएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार केन्द्रीय स्तरमा बन्दना भट्ट, डा.नवराज जोशी,  नरमाया रिजाल,  विमला महर्जन,  गोपाल पाण्डे र  श्रीय सुबेदीलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ । त्यस्तै, एचइओसी प्रमुख डा.प्रकाश बुढाथोकी पनि समन्वयका लागि उपलब्ध रहने उल्लेख गरिएको छ ।

यसैगरी सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्तिहरू पनि निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी, कर्णाली प्रदेशमा श्यामलाल आचार्य, लुम्बिनी प्रदेशमा नोधनारायण चौधरी, गण्डकी प्रदेशमा  बुद्धिसागर अधिकारी, बागमती प्रदेशमा दिनेश रुपखेती, मधेश प्रदेशमा फुलेन्द्र यादव र कोशी प्रदेशमा डा. सव्यता पन्थीलाई सँपर्क व्यक्ति तोकिएको छ । 

मन्त्रालयले निर्वाचनका दिन तथा त्यसअघिपछि हुन सक्ने आकस्मिक स्वास्थ्य समस्याको प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ पारिएको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : १५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६