दिउँसै झप् झप्, कोकले अप ! « Khabarhub

दिउँसै झप् झप्, कोकले अप !


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ ।

यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् झफ्, कोकले अप” रहेको छ, अर्थात यदि तपाईंलाई दिउँस निन्द्राले झप् झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउने कम्पनीले दाबी गरेको छ ।

क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ ।

मध्य दिउँसको सुस्ताका कारण निन्द्रा लागेको महसुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टिभीसी शुरु हुन्छ । उनी झप् झप् भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनीले नितेशसँग भेट्ने विशेष अवसर छुटाउछिन् । जब उनीले चिसो कोका–कोला पिउछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ्ग स्वादबाट अपलिफ्ट हुन्छ । त्यसपछि उनी दौउडिदै ऊंघी रहेका नितेश भएको ठाँउमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन् ।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ । हामी उपभोक्तालाई उनीहरुको पुरा दिन उत्तम रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं ।”

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झप्लाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु ।”

कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सप्र्रइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धी सबै पछिल्ला जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाइक र फलो गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ३२ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा